कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु  -Sutra News

कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु  

शनिबार, १० पौस २०७८

शनिबार, १० पौस २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिकाे पहिलाे केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएकाे छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट