आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपात हुने-Sutra News

आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपात हुने

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।



हाल  सुदुरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।

२०७८ पौष ११ गते (आईतबार)

दिउँसो :  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ पौष १२ गते (सोमबार)

दिउँसो :  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट