माओवादीको महाधिवेशन आजदेखि सुरु हुँदै, १६ सय प्रतिनिधि काठमाडौँमा-Sutra News

माओवादीको महाधिवेशन आजदेखि सुरु हुँदै, १६ सय प्रतिनिधि काठमाडौँमा

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८
maao

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आजदेखि सुरु हुने भएको छ । माओवादीले राष्ट्रिय सम्मेलन भन्दै आएपनि हिजोको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।



महाधिवेशन आज दिउँसो १ बजेपछि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । महाधिवेशन प्रतिनिधिका रुपमा करिब एक हजार छ सय नेताहरु काठमाडौँ आइसकेका छन् ।

माओवादीको महाधिवेशन सुरु हुनुअगाडी केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठक अब ८ बजेदेखि बस्ने एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबारबाट काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ ।

राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले न्युज कारखानालाई जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई पदाधिकारीलाई पूर्णना दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।

महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उनले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गरेका थिए र त्यहाँ प्राप्त सुझावका आधारमा त्यसलाई पूर्णता दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट