राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय-Sutra News

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।



बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए ।

माओवादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो ।

तर पार्टीमा आकर्षण बढेपछि त्यसलाई परिवर्तन गरेर महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट