ओलीले संसद कहिलेसम्म अवरोध गर्लान् ?-Sutra News

ओलीले संसद कहिलेसम्म अवरोध गर्लान् ?

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले एमसीसी पास हुने वा नहुने विषय सरकारमा नै निर्भर रहेको बताएका हुन्। उनले संसद् अवरोध चुनावसम्मै जारी रहने पनि बताए।



ओलीले सरकारले एमसिसीको विषयमा धारणा र नीति ल्याएपछि मात्रै प्रतिपक्षदलले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पारे। उनले भने, ‘गठबन्धनको केही धारणा होला, पहिले सरकारको नीति आओस् अनि मात्रै हाम्रो धारणा सार्वजनिक गर्छौं।’ माओवादीले राजासँग गरेको सम्झौताको विषय पुष्टि हुँदै गएको ओलीको दाबी छ। उनले माओवादीसँग सम्झौता भएपछि पूर्वराजा ज्ञानेन्द्रको देशव्यापी अभिनन्दनका कार्यक्रम भएको स्पष्ट पारे। उनले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रलाई रोल्पा रुकुममासमेत अभिनन्दनको वातावरण माओवादीसँगकै सम्झौता पछि भएको थियो।’

ओलीले राजासँगको सम्झौताका विषयमा मस्यौदा तयार पार्नेहरूले भनिररहेकाले आफूले पुष्टि गर्न कागजात खोज्नु नपर्ने बताए। उनले संसद् अधिवेशनसम्म संसद अबरोध कायम हुने स्पष्ट पारे। ‘संसद् अवरोध चुनावसम्म हुन्छ, त्यसपछि चुनावमा सबैलाई धोवीमार्ट लगाउँछौं,’ ओलीले भने।

ओलीले आफूहरूले निकालेका मानिस राखेर सर्वदलीय बैठक नहुने र त्यस्तो बैठकमा सहभागी नहुने स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट