प्रदेश २ ले प्राविधिक विश्वविद्यालय अध्यादेश पेश गर्दै-Sutra News

प्रदेश २ ले प्राविधिक विश्वविद्यालय अध्यादेश पेश गर्दै

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

प्रदेश २ सरकारले प्रदेशसभामा अध्यादेश पेश गर्न लागेको छ । आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।



केही साता अघि प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशमध्ये प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ स्वीकृत भइसकेको छ भने आज प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धि अध्यादेश पेश गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले अध्यादेश पेश गर्नेछन् भने उनले पेश गर्ने अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अध्यादेश अस्वीकृत गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।

अध्यादेश अस्वीकृत गर्ने प्रस्तावमा छलफलपछि मन्त्री साहले जवाफ दिने र मन्त्रीले अध्यादेश पेश गरेपछि पुनः छलफल हुने कार्यसूची रहेको सचीव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट