प्रचण्डलाई ओलीको जवाफः झापामा छु, आउन सक्दिन-Sutra News

प्रचण्डलाई ओलीको जवाफः झापामा छु, आउन सक्दिन

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि उद्घाटन सत्रमा अतिथिको रुपमा सहभागि हुन आफैंले फोनबाट निम्ता गरेपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीले आउन नसक्ने जवाफ दिएका छन् । प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन नसक्ने बताउँदै पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका हुन्



नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)विभाजनपछि दुई नेताबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफैं फोन गरेर निम्ता दिएका हुन् ।

ओलीले एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् । माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो ।
पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए ।

माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ ।

महाधिवेशन उद्घाटन आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि ३ बजेदेखि मात्रै सुरु हुने महाधिवेशन सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट