बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब घट्यो-Sutra News

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब घट्यो

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो साताको तुलामा ५ अर्ब निक्षेप घटेको हो ।



गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो । वाणिज्य बैंकहरूबाट ४ अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट १ अर्ब निक्षेप घटेको छ ।

बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ । बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ ।

निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेर ९१ दशमलव २१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट