माओवादीको बन्ने भो २९९ सदस्यीय केन्द्रीय समिति, १५ जना पदाधिकारी-Sutra News

माओवादीको बन्ने भो २९९ सदस्यीय केन्द्रीय समिति, १५ जना पदाधिकारी

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । केन्द्रीय समितिको आज बसेको बैठकले पारित गरेको विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बन्ने भएको हो



पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतनिधि १६०० को हाराहारिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट