ग्लोबल आइएमई बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान-Sutra News

ग्लोबल आइएमई बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।



सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना गर्ने लक्ष्यसहित सुरु भएको अभियानले सातै प्रदेशमा एक सय ७५ भन्दा बढी डिजिटल बैंंकिङ साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको छ ।

बैंकले प्रदेश १ मा २९, प्रदेश २ मा १७, बाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा आठ र सुदूर पश्चिम प्रदेशमा २२ वटा कार्यक्रम सञ्चालन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिने बैंकले जनाएको छ ।

यस्ता साक्षारता कार्यक्रम आयोजना गरी बैंकले बैंकिङ सेवा कम समयमै छिटोछरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताका लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलाएको हो । हाल बैंकले दुई सय ८७ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट