प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड-Sutra News

प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् ।



सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाको उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो ।

बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए ।

सवारीसाधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनका नाममा भैरहेको उग्रता नियन्त्रणका लागि सुरक्षाको भरपर्दो बन्दोबस्त मिलाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

राजमार्गमा सवारी साधनको सहज आवागमनका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी तायनाथ छन प्रजिअ कवारीले भने,‘सवारी साधनमा आक्रमण गर्ने, राजमार्ग अवरुद्ध गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देश जारी गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट