अफगानिस्तानमा तालिवानद्वारा निर्वाचन आयोग विघटन-Sutra News

अफगानिस्तानमा तालिवानद्वारा निर्वाचन आयोग विघटन

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयोगको अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ । ’



पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।

देशमा स्वतन्त्र र निश्पक्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट