क्लासिक टेकमा साढे ६ सयभन्दा बढी कर्मचारी आवश्यकता, १२ बर्षमै ७४ वटा जिल्लामा सेवा विस्तार-Sutra News

क्लासिक टेकमा साढे ६ सयभन्दा बढी कर्मचारी आवश्यकता, १२ बर्षमै ७४ वटा जिल्लामा सेवा विस्तार

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनेजरदेखि फाइबर टेक्निसियनसम्म गरी ६६४ कर्मचारी मागेको छ । नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो ।



कम्पनीले स्टाफहरुलाई बिशेष सेवा सुबिधा दिदै आएको छ । सामाजिक सुरक्षा कोष (एसएसफ्) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ । बेसिक सेलरीमा ओवरटाइम, इन्सेन्टिव, फ्यूल, मर्मत खर्चलगायत अरु खर्च पनि कम्पनीले दिदै आएको छ ।

हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुबिधामा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग भइ आएको छ । हाल ७४ जिल्ला मा सेवा दिंदै आएको क्लास्सिक टेकले ग्रामिण तथा दुर्गम इन्टरनेट नपुगेको ठाउमा समेत आफ्नो सुबिधा पुर्याउने लक्ष्य राखेको छ । सोहि लक्ष्य प्राप्तिका निम्ति कम्पनीले कर्मचारी हरुको माग गरेको हो ।

कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ । ब्रान्च म्यानेजर २८ जना, फ्रन्ट डेस्क अस्सोसिएट ८० जना, डोर टू डोर सेल्स अस्सोसिएट २५० जना, फाइबर सेल्स अस्सोसिएट (बाइक राइडर ) २०० जना, फाइबर सुपरवाईजर ६२ जना, एचआर म्यानेजर २ जना, कोर्पोरेट म्यानेजर २, कल सेन्टर अस्सोसिएट ४० जनाको लागि कम्पनीमा रोजगारको अवसर मिल्नेछ ।

इच्छुक व्यक्तिले  क्लासिकटेकमा  अपलाई गर्नलाई  email- [email protected] मा आफ्नो  अपडेटएड सिवि  पठाएर सम्पर्क गर्न सकिनेछ । https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np/contact/career/ वा  ९८०१००६६३३  बाट पनि सोधपुछ गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट