सलमान खानलाई सर्पले टोक्यो, कस्तो हुँदैछ उपचार ?-Sutra News

सलमान खानलाई सर्पले टोक्यो, कस्तो हुँदैछ उपचार ?

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो ।



उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।

सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।

उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट