महाधिवेशनस्थलमा प्रचण्ड, उद्घाटन सत्रमा अतिथिहरु आउने क्रम जारी-Sutra News

महाधिवेशनस्थलमा प्रचण्ड, उद्घाटन सत्रमा अतिथिहरु आउने क्रम जारी

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् ।



आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

माओवादीलाई शुभकामना दिन अतिथिहरु आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट