नेपाललाई चुनौतिः श्रीलंकाले दियो ३२३ रनको विशाल लक्ष्य-Sutra News

नेपाललाई चुनौतिः श्रीलंकाले दियो ३२३ रनको विशाल लक्ष्य

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको छ ।



शारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनायो । सदिशा राजापाक्षे र चामिन्दु विक्रमासिंगेले शतक प्रहार गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो ।

श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे । ३९ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि सदिशा र चामिन्दुले २२३ रनको विशाल स्कोरको साझेदारी गरे ।ओपनर सेभोन डानिलले १७, दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे ।

बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए ।

टेष्ट राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपालले दुई टेष्ट राष्ट्रविरुद्ध खराब बलिङ गर्दा ६ सयभन्दा बढी रन खर्चिसकेको छ ।

नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट