माओवादीको ८औं महाधिवेशन शुरु (फोटो फिचर)-Sutra News

माओवादीको ८औं महाधिवेशन शुरु (फोटो फिचर)

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ ।



महाधिवेशन उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नतृत्व सहभागी हुने क्रम जारी छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागीता जनाउन आइसकेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य दलका शीर्ष नेतृत्व सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट