गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन : देउवा-Sutra News

गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन : देउवा

आइतबार, ११ पौस २०७८

आइतबार, ११ पौस २०७८

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् ।



नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन् । मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाले बताएका थिए ।

उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए । ‘मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नुभएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट