सप्तरी प्रहरीद्वारा एक वर्षमा ८ हजार ३९ गाँजाको बोट नष्ट-Sutra News

सप्तरी प्रहरीद्वारा एक वर्षमा ८ हजार ३९ गाँजाको बोट नष्ट

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

जिल्ला प्रहरी कार्यालय सप्तरीले आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ३९ वटा गाँजाका बोट फडानी गरि नष्ट गरिएको जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेको कार्यालयबाट खटिएका प्रहरीहरूले जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका विभिन्न स्थानको सार्वजनिक स्थान, आँगन, करेसाबारी लगायतका स्थानहरुमा अबैध रुपमा लगाईएको गाँजाकोबोट फडानी गरि नष्ट गरिएको जिल्लामा प्रहरी कार्यालय सप्तरीका प्रमुख अबिनारायण काफ्लेले बताए ।

गाँजाको खेतीको बिषयमा जन गुनासो बढ्न थालेपछि अभियान थालेर गाँजा फडानी गर्न थालिएको उनको भनाइ छ ।
प्रहरी प्रमुख काफ्लेले भने, ‘गाँजाको खेती गरेको नपाए पनि आँगन ,करेसाबारीमा रोपेको पाइएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट