विपन्नलाई न्यानो कपडा अभियानः गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा-Sutra News

विपन्नलाई न्यानो कपडा अभियानः गाउँपालिका उपाध्यक्ष गाउँगाउँमा

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही चिसो मौसममा न्यानो कपडा वितरण गर्न गाउँगाउँ पुगेकी छन् ।



आर्थिक रूपमा पछि परेका एकल तथा जेष्ठ महिलालाई उपाध्यक्ष शाहीले गाउँगाउँ पुगेर न्यानो कपडा वितरण गरेकी हुन् ।जिल्लाको सबैभन्दा चिसो र हिमाली क्षेत्र नजिक पर्ने बारेकोट गाउँपालिकाकी उपाध्यक्ष शाहीले एकल महिलाका न्यानो बनाउन कपडा वितरण गर्न थालेपछि यहाँका महिलाहरू खुसी भएका छन् ।

‘श्रीमान् नभएर के भयो तरु हामी महिलाले महिलाका लागि धेरै काम गर्नुपर्ने छ । जसले पीडा भोगेको छ उसले नै सबै कुरा थाहा पाउने गर्छ । हामी महिला कमजोर होइन, संसार हाँक्न सक्छौँ भन्ने र स्थानीय सरकार भएको अनुभूति गराउन मैले यो अभियान चलाएको हो,’ उनले भनिन् ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले गाउँपालिकाका ६० सय महिलालाई न्यानो कपडा दिने योजना बनाएकोमा अहिले संख्या बढेर आठ सय जति पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट