माओवादीको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल चयन-Sutra News

माओवादीको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल चयन

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्र राजधानीको कमलादीमा सुरु भएको छ । राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन भएको माओवादीको सोमबारदेखि बन्दसत्र सुरु भएको हो। ​बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने कार्यक्रम छ ।



सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैर भौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल चयन गरिएको छ । जसमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट