माओवादी महाधिवेशनः प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत-Sutra News

माओवादी महाधिवेशनः प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । सम्बोधन पश्चात प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।



कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।

प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट