प्रचण्डको राजनीतिक प्रतिवेदनपश्चात देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दै-Sutra News

प्रचण्डको राजनीतिक प्रतिवेदनपश्चात देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दै

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।



अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि २८ समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट