थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त-Sutra News

थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा संक्रमण पुष्टि भएको हो ।



यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुत्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ ।

हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयलका अनुसार सो अवधिमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट