विनासंसोधन एमसीसी पारित गर्न सकिंदैनः प्रचण्ड-Sutra News

विनासंसोधन एमसीसी पारित गर्न सकिंदैनः प्रचण्ड

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता विना संसोधन पारित गर्न नसकिने बताएका छन् ।



महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले एमसीसी सम्झौता संसोधनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्नुपर्ने बताएका हुन् ।

आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रिय हित अनुकुल नै भएको दावी गरेकै भोलिपल्ट प्रचण्डले संसोधन नगरी कुनैपनि हालतमा संसदबाट पास नहुने प्रष्ट पारे ।

बन्दसत्रमा सहभागि एक प्रतिनिधिका अनुसार यथास्थितिमा एमसीसी पास गर्नु राष्ट्रिय हित प्रतिकुल हुने भन्दै प्रचण्डले परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको बन्दसत्रमा उनले २ घण्टा १५ मिनेट लगाएर प्रतिवेदन वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट