सम्मेलनकै बेलामा माओवादी केन्द्र र निर्वाचन आयोगबीच दोहोरी-Sutra News

सम्मेलनकै बेलामा माओवादी केन्द्र र निर्वाचन आयोगबीच दोहोरी

सोमबार, १२ पौस २०७८

सोमबार, १२ पौस २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ ।



आयोगले माओवादीको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाको थियो । आयोगको सो निर्णयप्रति आपत्ति जनाउंदै माओवादीले कडा प्रतिवाद गरेको हो ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आयोगको सो निर्णय खण्डन गरे । उनले भने, “कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो । त्यो नै हटाएपछि त केही बाँकी रहेन । निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ । हामी छलफल गरेर  निष्कर्षमा पुगौँला ।”

प्रवक्ता महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्नेछ भन्ने विश्वास व्यक्त गरे।

संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको छ । माओवादीले भने आयोगको सो निर्णय अस्वीकार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट