पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव, यी ठाउँहरुमा आज र भोलि वर्षा हुने-Sutra News

पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव, यी ठाउँहरुमा आज र भोलि वर्षा हुने

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज र भोलिको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव  रहेको  छ।



२०७८ पौष १३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पौष १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट