माओवादी महाधिवेशन : यी २५ समूहले थाल्दैछन् राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल-Sutra News

माओवादी महाधिवेशन : यी २५ समूहले थाल्दैछन् राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आज समूहगत  छलफल गरिँदैछ ।



त्यसका लागि साेमबार नै २५ वटा समूह विभाजन गरिसकिएकाे छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र स्थान तोकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

समूहका संयोजक र ठाउँहरू

१. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२ र ३. सल्लाहकार परिषा : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुई वटा ।

४ र ५.  प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, र ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८ र ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालय नजिक

१० र ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३, र १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा

१५ र १६. सुदूरपश्चिम : खगराज भट्ट

१७ र १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।

१९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमा ।

२० र २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुई वटा समूह

२२ र २३.  बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री

२४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ

२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट