सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो-Sutra News

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८
sun

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।



आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट