आकाश र जेबिकाको ‘सम्बन्ध’ सार्वजनिक ( भिडियोसहित )-Sutra News

आकाश र जेबिकाको ‘सम्बन्ध’ सार्वजनिक ( भिडियोसहित )

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका गायक, गीतकार एवम संगीतकार पुष्प गजमेरको सुमधुर स्वरमा सजिएको वियोगान्त गीत ‘सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।



प्रेम सम्बन्धमा आउने उतार चढावलाई गीतमा व्यक्त गरिएको छ ।  गायक गजमेरको सन् २०१७मा सार्वजनिक एल्वम ‘आवाज’ भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो । यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र जेबिका कार्की बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो ।

शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट