विप्लवलाई विचार र चिन्तन परिवर्तन गर्न माधव नेपालको सुझाव-Sutra News

विप्लवलाई विचार र चिन्तन परिवर्तन गर्न माधव नेपालको सुझाव

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।



राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको कुरा आफुले सुझाव दिएको बताएका हुन् ।

उनले भने– ‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस् अनि मात्र क्रान्ति सम्भव छ ।’ साथै उनले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए ।

विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उनले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट