यु–१९ एसिया कप: नेपाल जितविहीन -Sutra News

यु–१९ एसिया कप: नेपाल जितविहीन 

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ ।



यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै  सान्त्वना जितमा चित्त बुझायो ।

कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए ।

यस्तै जुड सालदान्हाले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । कुवेतका दुई खेलाडी शून्य रनमा आउट भएका थिए ।

नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । यस्तै शेर मल्ल, वासिर अहमद र विवेक यादवले समान २ विकेट लिए ।

यस अघि दुबईमा वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रनको योगफल खडा गरेको हो ।

वासिरले ६१ बल खेल्दै सात चौका र एक छक्का मद्दतमा ५६ रन प्रहार गर्दा विकेकले ७१ बलमा ६ चौका मद्दतमा ५० रन जोडे । त्यस्तै मोहम्मद आदिल अलामले ४९ रनको योगदान गरे ।

कुवेतका अब्दुल सादिकले तीन, हेनरी थोमस र मोहम्मद बासताकिले समान दुई विकेट लिए ।

समूह ‘बी’ मा यस अघि नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट