प्रचण्डको प्रतिवेदनमा अझै सकिएन छलफल, भोलि १२ बजेसम्मका लागि थपियो समय-Sutra News

प्रचण्डको प्रतिवेदनमा अझै सकिएन छलफल, भोलि १२ बजेसम्मका लागि थपियो समय

मंगलबार, १३ पौस २०७८

मंगलबार, १३ पौस २०७८

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनका लागि हिजोदेखि सुरु भएको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको छ ।



केही समूहका नेताहरुले छलफल सकिसकेका छन् भने केही समूहले छलफल जारी राखेका छन् । अहिलेसम्म २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि भोलिसम्मका लागि समय दिइएको छ ।

सोमबार पार्टी अध्यक्ष प्रचण्डले  ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । यस्तै स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले  विधान मस्यौदा पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट