एमसीसी पास गराउन देउवा आतुर- प्रचण्डलाई ‘फुर्क्याउने’ ओलीलाई ‘फकाउने’-Sutra News

एमसीसी पास गराउन देउवा आतुर- प्रचण्डलाई ‘फुर्क्याउने’ ओलीलाई ‘फकाउने’

बुधबार, १४ पौस २०७८

बुधबार, १४ पौस २०७८

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले एमसीसी परियोजना पास गर्नका लागि निकै जोडबल गरेको देखिन्छ । एमसीसीलाई विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै आएको भएतापनि देउवा अचम्मसंग यसमा लागेका छन् ।



प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा नै रहेको नेकपा माओवादीले एमसीसीमा खासै चासो देखाएका छैनन् । तर देउवाले भने आजै भोलि नै पास हुनुपर्ने भन्ने तरिकाले अगाडी बढेको प्रष्ट छ ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकेसम्म फुर्क्याउने र एमालेका अध्यक्ष केपी शर्मालाई फकाउने रणनीति लिएका छन् ।

माओवादीको आठौँ महाधिवेशनको उद्दाटन सत्रमा बोल्दै देउवाले प्रचण्डलाई फुर्क्याउन खोजेका थिए । उनले एमसीसीले कसैको पनि अहित नगर्ने भाषण सुनाएका थिए ।

राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित उनले नेकपा एमालेलाई पनि एमसीसीमा सहमत गराएर अगाडी जाने नीतिमा छन् ।

एमालेले आफ्नो सरकार हुँदा एमसीसी अगाडी बढाउन चाहेको काँग्रेसको नयाँ निष्कर्ष रहेको छ । सरकारका तर्फबाट यसअघि पनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर एमसीसीबारे छलफल गरेका थिए ।

काँग्रेस निकट स्रोतका अनुसार देउवाले फेरी समय मिलाएर ओलीसंग एमसीसीको विषयमा छलफल गर्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट