आर्थिक कारोबारका लागि पनि बुधबार राम्रो, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल-Sutra News

आर्थिक कारोबारका लागि पनि बुधबार राम्रो, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

बुधबार, १४ पौस २०७८

बुधबार, १४ पौस २०७८

१४ पुस २०७८, २९ डिसेम्बर, २०२१ बुधबार । पौषकृष्णपक्ष दशमी तिथि, स्वाती नक्षत्र, विष्टि करण, सुकर्मा योग,चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ः५५ मा भएकाे छ भने १७ः१६मा सूर्यास्त हुनेछ ।



बुधबारको दिन गृहस्थसम्बन्धी काम गर्नु राम्रो मानिन्छ । आर्थिक कारोबारका लागि पनि बुधबार राम्रो मानिन्छ । आजको देवता इन्द्र, ग्रहदेव मंगल रहेको छ । आज राहुकाल १२ः०६ देखि १ः०६ सम्म रहेको छ । अभिजित मुहूर्त ११ः४६ देखि १२ः२७ सम्म रहेको छ । सकेसम्म राहुकाल भएको समयमा शुभकाम नगर्नुहोला । अभिजित मुहूर्त भएको बेला शुभकार्य गर्न सकिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको सेवाको आधारमा तपाईँलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । बुधबारको दिन देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकुल देखिदैन । मानसिक चिन्ता, अनसन्तुष्टि रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर यात्रा गर्नुभयो भने अनुकुल हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आज धन प्राप्तिको योग  छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार र कामबाट सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् विचार गरेर अघि बढ्नु होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले ब्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययनअध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : योजनामुताविक कार्य गर्नुभयो भने सफल हुनुहुनेछ । आज चन्द्रमाको साथ रहेको छ । त्यसैले बिहान सूर्यको दर्शन गरेर दिनको काम शुरुवात गर्नुभयो भने कार्य सफलता हुनेछ । त्यसैले सकारात्मक सोच र कार्यायोजनाअनुसार काम गर्दा तुला राशिका जातकका लागि आजको दिन शुभ रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : ब्यापारबाट लाभ हुने देखिन्छ । समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईँका लागि उत्तम दिन हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन, र तपाईँले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : व्यापारमा हुने मीन राशिका जातको लागि दिन उत्तम  छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रको साथ सहयोग प्राप्त हुने भएकाले  मनमा उत्साह थपिने छ । अध्ययन लेखनमा समय खर्च गर्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट