तेल बोकेको ट्याङ्कर त्रिशुलीमा डुब्यो, चालक र सहचालक बेपत्ता-Sutra News

तेल बोकेको ट्याङ्कर त्रिशुलीमा डुब्यो, चालक र सहचालक बेपत्ता

बिहिबार, १५ पौस २०७८

बिहिबार, १५ पौस २०७८

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर हिजाे साँझ त्रिशूलीमा खसेको हो।



नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको ले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट