पर्यटन बोर्डका सीईओ हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश-Sutra News

पर्यटन बोर्डका सीईओ हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बिहिबार, १५ पौस २०७८

बिहिबार, १५ पौस २०७८

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।



न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम आदेश’  छलफल गर्न ३ माघमा दुवै पक्षलाई बोलाइएको छ ।

२ पुसमा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित गर्दै उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । विदेशबाट फर्कने क्रममा आफूले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले जाँच गर्न खोज्दा रेग्मीले हातपात गरेको भन्दै उनी विवादमा आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट