प्रधानमन्त्रीसँग ‘संस्कृति बचाऔं महाअभियान’ प्रतिनीधि मण्डलको भेट-Sutra News

प्रधानमन्त्रीसँग ‘संस्कृति बचाऔं महाअभियान’ प्रतिनीधि मण्डलको भेट

बिहिबार, १५ पौस २०७८

बिहिबार, १५ पौस २०७८

परिवर्तन नेपालको सक्रियतामा गठित नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको प्रतिनीधि मण्डलले आज बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ । प्रतिनीधि मण्डलले देशमा बढदै गैरहेको सांस्कृतिक अतिक्रमण र बिकृतीबारे जानकारी गराउदै देशका पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षणसम्वर्धन गर्न राज्यले पहल गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।



परिवर्तन नेपालले कुनै पनि देशको सभ्यता र संस्कृतिसँग देशको पहिचान जोडिने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्य राख्नका लागि संस्कृति जीवन्त रहनु पर्ने भन्दै ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान– २०७८’ को अभियान चलाएको कार्यक्रमका संयोजक एवं वरिष्ठ लेखक निर्देशक मोहन निरौलाले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा महाअभियानका संयोजक निरौलाको नेतृत्वमा सदस्यहरू सुन्दर श्रेष्ठ, ठण्ड बहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेटवाल, सुरज ढकाल र विश्वदीप घिमिरे सामेल थिए ।

प्रतिनीधि मण्डलले महाअभियानको प्रतिक स्बरूप प्रधानमन्त्रीलाई नेपालको बिविध संस्कृति र संपदा अंकित छाँयाचित्र, अपिल एवं महाअभियानको कार्यक्रम पुस्तिका पनि अर्पण गरेको थियो ।

प्रतिनीधि मण्डललाई प्रधानमन्त्रीले देउवाले महाअभियानको सफलताको शुभकामना दिदै सरकार संस्कृतिको संरक्षणकालागि सकारात्मक रहेको र सरकारको तर्फबाट यस अभियानलाई सहयोग रहने बताएको संयोजक निरौलाले बताए ।

परिबर्तन नेपाल अन्तर्गत गठन भएको नेपाली संस्कृति बचाऔं महाअभियान-२०७८ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहको बीच भएको थियो । महाअभियानले हप्तामा एकपटक बिभिन्न स्थानमा जनचेतनाका लागि अपील पनि बितरण गर्दै आएकोछ ।

परिवर्तन नेपालले यसअघि पनि विभिन्न समयमा जनजागरणका लागि विभिन्न गतिविधि गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट