नोभाको पहिलो ‘अष्ट्रेलियन शैक्षिक मेला- २०७८’ यहि पुस २० गते-Sutra News

नोभाको पहिलो ‘अष्ट्रेलियन शैक्षिक मेला- २०७८’ यहि पुस २० गते

बिहिबार, १५ पौस २०७८

बिहिबार, १५ पौस २०७८

“स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ आगामी यहि पुस २० गते मंगलबार राजधानीमा अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुँदैछ । शैक्षिक परामर्शदाता कम्पनी नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला संचालन गर्ने भएको हो ।



अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि परामर्श दिन अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवासमेत गरी १५ वटा संस्थाहरुले सहभागिता जनाउने बताइएको छ ।

प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए । उनका अनुसार मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइनेछ भने एक सय सहभागीहरूलाई निःशुल्क आइइएलटीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ ।

मेलामा सहभागि भएकाहरुमध्येबाट एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई टिकेट उपलब्ध गराउने नोभाले जनाएको छ ।

यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहने छ ।

यस वर्षको नोभाद्वारा आयोजित प्रथम अष्ट्रेलियन शैक्षिक मेला- २०२२ को उद्घाटन नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कद्वारा हुने भएको छ ।
यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको पनि व्यवस्था भएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट