सुडानमा आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार-Sutra News

सुडानमा आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

सुडानमा आन्दोलन चर्किएको छ । आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढिरहेका छन् । अन्दोलनकारीलाई राजधानी खार्तुममा सुरक्षाकर्मीले राष्ट्रपति भवन तर्फ बढ्न रोक्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार  गरिएको छ ।



सुडानमा अक्टोबरमा सत्तापलट भएको थियो र त्यसविरुद्धको प्रदर्शनमा हजारौं मानिस लकडाउनलाई तोडेर सडकमा निस्किएका छन् ।

मानिसहरु एकीकृत हुन नसकुन् भन्नका लागि फोन र इन्टरनेट बन्द गरिएको छ  भने भने मानिसको गतिविधि हेर्नका लागि मुख्य सडकमा क्यामेराहरु जडान गरिएको छ । तर हजारौंको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट