इरानले अन्तरिक्षमा पठायो तीन ओटा अनुसन्धान कार्गो-Sutra News

इरानले अन्तरिक्षमा पठायो तीन ओटा अनुसन्धान कार्गो

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएको छ । सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला इरानले अन्तरिक्षमा कार्गो पठाएको हो । अन्तरिक्षको अनुसन्धान गर्न भन्दै उसले एउटा क्षेप्यास्त्रमा तीन ओटा अनुसन्धान उपकरण पठाएको हो । इरानको वायु फौजका प्रवक्ता अहमद हुसेनले भने, ‘यस अन्तरिक्ष अनुसन्धान अभियानमा पहिलो पटक क्षेप्यास्त्रमार्फत तीनओटा अनुसन्धान उपकरण पठाइएको छ ।’



मध्यपूर्वमा सबैभन्दा धेरै मिसाइल कार्यक्रम रहेको इरानले प्रक्षेपण गरेका भूउपग्रह पछिल्लो समयमा विफल भएका छन् । प्राविधिक समस्याका कारण ती क्षेप्यास्त्र विफल भएका हुन् ।

अमेरिकाले आफ्ना आणविक कार्यक्रम स्थगित गर्न जोड दिँदै आएको छ । सन् २०१८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम प्रशासनले इरानमाथि प्रतिबन्ध लगाएपछि इरानले आफ्ना आणविक कार्यक्रमलाई पुनः निरन्तरता दिएको थियो ।

इरानको आणविक वार्ता निकै निकै सुस्त गतिमा अगाडि बढेको यसै साता अमेरिकाले जनाएको थियो । पूर्वराष्ट्रपति टम्पले इरानमाथि लगाएको प्रतिबन्ध हटाएमा मात्र आफूले आणविक कार्यक्रम रोक्ने इरानले बताउँदै आएको छ । वर्तमान राष्ट्रपति जोन बाइडेनले पनि इरानले आणविक कार्यक्रम त्याग्नुपर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट