दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, हापुरे सडकखण्ड अवरुद्ध-Sutra News

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, हापुरे सडकखण्ड अवरुद्ध

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पहिचान हुन नसकेकाे गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका-६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।



केसीलाई आज बिहान ४  बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर-सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण-६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट