सन्दीपको नेतृत्वमा टी–२० विश्वकप छनोट खेल खेल्ने-Sutra News

सन्दीपको नेतृत्वमा टी–२० विश्वकप छनोट खेल खेल्ने

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वपक छनोटका लागि सन्दीप लामिछानेको नेतृत्वमा प्रारम्भिक टोली घोषणा गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेसँग समन्वय गरेर क्यानको छनोट समितिले प्रारम्भिक टोली घोषणा गरेको हो ।



३० सदस्यीय प्रारम्भिक टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी पनि छन् ।

यसअघि अनुशासन उल्लंघन गरेको भन्दै क्यानले चारै जनालाई कारबाही गरेको थियो । मल्ललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरेको थियो ।

प्रमुख प्रशिक्षक दसानायकेको मातहतमा शनिबारदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरू हुने क्यानले जनाएको छ । नेपालले अर्को महीना ओमानमा हुने विश्वकप छनोट खेल्नेछ ।

प्रारम्भिक टोलीमा को को छन् ?

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद असिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सुन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल र हरिशंकर साह।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट