ललितपुर एमाले अध्यक्षका लागि चार नेताको दौडधुप-Sutra News

ललितपुर एमाले अध्यक्षका लागि चार नेताको दौडधुप

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।



आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए ।

बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सहसंयोजक नियुक्त भएका थिए ।

प्रेमभक्त महर्जन भने एमाले विभाजित भएर माधव नेपालले एकीकृत समाजवादी गठन गरेपछि एकीकृतमा खुलेका थिए भने पछि एमालेमै फर्केका हुन् ।

क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रहिसकेका प्रदेश सासंद सञ्जेल पनि अध्यक्षका लागि दौडधुपमा छन् । एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।

ललितपुरमा ५८० जना प्रतिनिधि महाधिवेशन रहेका छन् । यसमा सबै जनसंगठनबाट एक एक जना मनोनयन भने हुन बाँकी छ ।

पछिल्लो प्रतिनिधि चयनको आँकडा अनुसार ललितपुरको क्षेत्र नं. १ मा चेतनाथ सञ्जेल बलिला छन् भने २ नम्बर र ३ नम्बर क्षेत्रमा आचार्यको पकड छ ।जिल्ला सचिव आचार्य २०७० सालको जिल्ला अधिवेशनमा सचिवको दाबी छोडेर उपसचिवमा उम्मेदवारी दिएका थिए । त्यसबेला संविधानसभा निर्वाचनका कारण पद मिलानका कारण कार्यालदय सचिवमा चित्त बुझाउँदै उम्मेदवारी फिर्ता गरेका थिए ।

उनी २०५४ देखि २०६४ सालसम्म विद्यार्थी संगठनमा रहेका काम गरेका थिए । उनी २०६४ सालमा अनेरास्ववियुमा केन्द्रीय उपाध्यक्षमा पराजित भएपछि जिल्ला राजनीतिमा सक्रिय छन् । स्रोतका अनुसार जीवन खड्का र मधुसुधन पौडेल पनि ललितपुर एमाले अध्यक्षमा सर्वसम्मत बन्न दौडधुपमा छन् ।

यही २३ पुसमा ललितपुरको मंगलबजारमा नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट