२ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि, कति मरे ?-Sutra News

२ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि, कति मरे ?

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

नेपालमा शुक्रबार २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको ७ हजार ८ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय १२ संक्रमित निको हुँदा हालसम्म ८ लाख ११ हजार ९ सय ५८ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट