प्रधानसेनापतिलाई उपचारका लागि भन्दै देउवाले दिए १४ दिनको भारत जाने छुट्टी-Sutra News

प्रधानसेनापतिलाई उपचारका लागि भन्दै देउवाले दिए १४ दिनको भारत जाने छुट्टी

शुक्रबार, १६ पौस २०७८

शुक्रबार, १६ पौस २०७८

प्रधान सेनापति महारथी प्रभुराम शर्माको २०७८ पौष १८ गतेबाट पौष ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।



स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १४ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सो अवधिमा  प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्नेछन् ।

प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम  प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट