माओवादी महाधिवेशनः आज जवाफ दिने पालो देव गुरुङको-Sutra News

माओवादी महाधिवेशनः आज जवाफ दिने पालो देव गुरुङको

शनिबार, १७ पौस २०७८

शनिबार, १७ पौस २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको ६औं दिन आज विधान मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।



बन्द सत्र बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा सुरु हुँदैछ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट