प्रमुख प्रशासकीय अधिकृत तासको खालबाट पक्राउ-Sutra News

प्रमुख प्रशासकीय अधिकृत तासको खालबाट पक्राउ

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ  ।



सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट