इक्यान ललितपुर शाखामा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन-Sutra News

इक्यान ललितपुर शाखामा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

नेपाल शैक्षिक परामर्श संघ- इक्यान ललितपुर शाखामा उपेन्द्रदेव ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शाखाको छैठौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।



अधिवेशन मार्फत अध्यक्षमा– उपेन्द्र देव ढकल, निवर्तमान अध्यक्ष– सुरेन्द्र पोखरेल, उपाध्यक्ष– अर्विन्द कुमार सिंह, सचिब– बिरेन्द्रराज बज्रचार्य, कोषाध्यक्ष– सनम कुमार महर्जन र सदस्यहरुमा अजित कुमार थापा, दिबश महर्जन, बिनोद कुमार भट्टराईसहितको कार्यसमिति बनेको छ ।

अध्यक्षमा निर्वाचित ढकालले सबै व्यवसायी साथीहरुको सदभाव र समर्थनमा इक्यान ललितपुरको नेतृत्व गर्ने अवसर पाएको बताए । उनले भने– ‘मलाई संस्थाको नेतृत्व गर्न दिनुभएकोमा सबै साथीहरुलाई धन्यबाद दिन चाहन्छु । आफ्नो जिम्मेवारी पनि इमान्दारिताका साथ निभाउने प्रतिबद्धता जनाउँछु । संस्थागत हित र व्यवसायीक मर्यादा कायम राख्दै अधिक साथीहरुलाई इक्यानमा गोलबद्ध गराउने भुमिका खेल्नेछु । साथै सबै साथीहरुले एकताबद्ध भएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास सलएको छु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट