माओवादी केन्द्रको केन्द्रीय सदस्यमा परे खोटाङका तीन नेता -Sutra News

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा परे खोटाङका तीन नेता 

सोमबार, १९ पौस २०७८

सोमबार, १९ पौस २०७८

खोटाङका तीन नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य चयन भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट  आदिवासी जनजातीतर्फबाट रामकुमार राई (पासाङ), दुर्गाजयन्ती राई र खसआर्य महिलातर्फबाट समिता कार्की (अस्मिता) केन्द्रीय सदस्य चयन भएका हुन् ।



महाधिवेशनको बन्दसत्रमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा तीन नेताको नाम समावेस भएको हो ।

केन्द्रीय सदस्य बनेका रामकुमार प्रदेशसभा सांसद हुन् । दुर्गाजयन्ती र अस्मिता पूर्वसभासद हुन् । खोटाङकै पूर्वसांसद टंक राई अनुशासन आयोगको प्रमुख बनाउने चर्चा छ । यसअघि पनि उनी अनुशासन आयोगको प्रमुख नै थिए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट